दफा २७
शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था
  (१) विश्वविद्यालयमा आवश्यक संख्यामा शिक्षक तथा कर्मचारीहरुरहनेछन्।(२) उपदफा (१) बमोजिमका शिक्षक तथा कर्मचारीहरुको नियुक्ति, काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवा का शर्तहरू तोकिए बमोजिम हुनेछन्।(३) विश्वविद्यालयको कुनै काम गर्न विश्
वविद्यालयका शिक्षक तथा कर्मचारीबाट सम्भव नभएमा उपकुलपतिले त्यसको कारण खुलाईकुनै विज्ञलाई करारमा नियुक्त गरी विश्वविद्यालयको काममा लगाउन
सक्नेछ ।
(४) उपदफा (३) बमोजिम नियुक्त विज्ञको काम, कर्तव्य रअधिकार, पारिश्रमिक, सुविधा र सेवाकाशर्तहरु करारमा उल्लेख भए बमोजिम हुनेछन्।